काठमाडाैं । हाल नेपालमा पश्चिमी-स्थानीय वायू र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मध्य र पूर्वी भू-भागको उपल्लो वायूमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।
साेमबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा साधारणतया बादल लागेकाे छ। देशका बाँकी भू-भागहरूमा पनि आंशिक बादल लागिरहेको हाे। कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भू-भागको केही स्थानमा मेघगर्जन-चट्याङसहितकाे मध्यम वर्षा भइरहेको महाशाखाले जनाएकाे छ।
त्यस्तै, सोमबार दिउँसो भने सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । साथ तराई भू-भागमा आंशिक बादल लाग्ने भएकाे छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशकाे हिमाली तथा पहाडी तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहितकाे मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।
त्यस्तै, साेमबार राति भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । साथै बाँकी भू-भागमा पनि आंशिक बादल लाग्ने भएकाे हाे। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्