Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


इजरायली सेनाकाे आक्रमणमा परी लेबनानमा ३९ जनाको निधन, दर्जनाैं घाइते


26
Shares

एजेन्सी। इजरायल सेनाले लेबनानका विभिन्न ठाउँमा गरेको भीषण हवाई आक्रमणमा परी ३९ जनाको मृत्यु भएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा इजरायल सेनाले गरेको भीषण हवाई आक्रमणमा परी ३९ जनाको मृत्यु भएकाे जनाएकाे हाे । आक्रमणमा परी दर्जनाैं मानिसहरू घाइते भएका छन् । त्यस्तै, ठूलो मात्रामा भौतिक क्षति समेत भएको मन्त्रालयले जनाएकाे हाे।

इजरायली सेनाले लेबनानका विभिन्न क्षेत्रहरू, विशेष गरी दक्षिणी भाग र बेरुतका आवासीय क्षेत्रहरूलाई लक्षित गरी आक्रमण तीव्र पारेको छ। दक्षिण लेबनानको साक्साकिये सहरमा मात्रै इजरायली सेनाकाे आक्रमणबाट एक बालिकासहित सात जनाको मृत्यु भएको हाे । साेही घटनामा परी १५ जना घाइते भएका छन् ।

त्यस्तै, नबातिये क्षेत्रमा एक सिरियाली नागरिक र उनकी १२ वर्षीया छोरी सवार मोटरसाइकलमाथि इजरायली ड्रोनले तीन पटकसम्म आक्रमण गरेको समाचार सार्वजनिक भएको हाे।