काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
आइतबार शनिबार बिहान कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भईरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे।
त्यस्तै, आइतबार दिउँसो भने देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र बाँकी प्रदेशको पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।
त्यस्तै, आइतबार राति भने कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएकाे छ। साथै तराई भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे। कोशी, सुदूरपश्चिम र बाँकी प्रदेशको पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।










प्रतिक्रिया दिनुहोस्