Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


नाइजेरिया सैनिक कारबाही: ज्यान गुमाउने जिहादी लडाकूको संख्या ५० जना पुग्याे


286
Shares

एजेन्सी । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा गत हप्ता भएको झडपमा परी मृत्यु हुने जिहादी विद्रोही लडाकूको संख्या ५० जना पुगेकाे छ।

सन् २००९ देखि देशले बोको हराम र यसको विभाजित गुट इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्त (आइएसडब्ल्युएपी) सँग लडिरहेको हाे। उनीहरूले यस क्षेत्रमा इस्लामिक खलिफा स्थापना गर्ने बताउँदै आएका छन् । सेनाले गत बिहीबार बुनी गारी शहरमा रहेको आफ्नो २७ औं ब्रिगेडको मुख्यालय र योबे राज्यको नजिकैको सुरक्षा जाँचस्थलमा आइएसडब्ल्युएपीसँगको झडपका क्रममा जिहादी लडाकूहरूकाे मृत्यु भएकाे हाे ।

झडपमा करिब ५० जना आतंककारीको मृत्यु भएको र ठूलो परिमाणमा हातहतियार र गोलाबारुद बरामद गरिएको छ भने दुई सैनिकको मृत्यु भएको सेनाले जनाएको हाे । सेनाले सार्वजनिक गरेको एएफपीलाई प्राप्त तस्बिरहरूमा बरामद हातहतियार र गोलीगठ्ठासहित मृत शरीरहरू देखाइएको छ। नाम नबताउने सर्तमा एक खुफिया स्रोतले आक्रमण र सेनाको प्रत्याक्रमणको पुष्टि गरेको हाे। यद्यपि उक्त स्रोतले सेनातर्फ पनि क्षति भएको जनाएको छ।

अर्को गुप्तचर स्रोतले मृतक र घाइते भएका सैनिकलाई ६ वटा एम्बुलेन्समा छिमेकी बोर्नो राज्यको राजधानी मैदुगुरी लगिएको जनाएकाे हाे। बोको हराम र आइएसडब्ल्यएपीले हालैका महिनाहरूमा तुलनात्मक रूपमा शान्तिको अवधिपछि आक्रमणहरू बढाएका छन्। सन् २०१९ देखि सेनाले साना चौकीहरू बन्द गरेको हाे।

आक्रमणलाई राम्रोसँग सामना गर्न डिजाइन गरिएको ‘सुपर क्याम्प’ भनेर चिनिने ठूला, भारी सुदृढ शिविरहरूमा आफ्नो सेनालाई पुनः सङ्गठित गरेको छ।