कन्चनपुर, असोज ११ । कन्चनपुरको गड्डाचौकी नाकाबाट बिहीबार नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई स्वागत गरी कन्चनपुरमा ३९औं विश्व पर्यटन दिवस मनाइएको छ ।
दिवसका अवसरमा नेपाल पर्यटन बोर्ड सूचना केन्द्र गड्डाचौकीले सो नाकाबाट नेपाल प्रवेश गर्ने पहिलो पर्यटक स्वीडेनी नागरिक म्याग्लेनलाई सम्मान गरेको हो ।
पछिल्लो समय गड्डाचौकी नाकाबाट नेपाल भित्रिने पर्यटकको संख्या बढ्दै गएको छ ।
सन् २०१८ मा गड्डाचौकी नाकाबाट नेपाल भित्रिने पर्यटकको संख्या एक हजार ८ सय ९६ रहेको अध्यागमन कार्यालयका सूचना अधिकारी माधवप्रसाद जोशीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्