काठमाडाैं । सरकारले शुक्रबार काठमाडौंको शंखमूल र बुद्धनगर क्षेत्रमा सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अनाधिकृत घर–टहराहरू हटाउन शुरु गरेको छ ।
सरकारले अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ ती क्षेत्रमा रहेका अवैध संरचनाहरूमा डोजर चलाएको हो । शंखमूल र बुद्धनगरका विभिन्न स्थानमा मापदण्डविपरीत र विना अनुमति निर्माण गरिएका भौतिक संरचनाहरूलाई सरकारी टोलीले भत्काएको छ । सरकारले डोजर लगाएर संरचना भत्काउन थालेपछि सोही क्षेत्रका स्थानीयहरूले आफ्नो घर र जग्गाको वैधानिकता पुष्टि गर्न प्रयास गरेका छन् ।
साेही क्रममा जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) भएका कतिपय घरधनीहरूले आफ्ना संरचना सुरक्षित राख्न घरको बाहिरी पर्खालमा लालपूर्जाको प्रतिलिपि टाँसेका हुन् । उनीहरूले आफ्ना संरचनाहरू लालपूर्जाभित्रै रहेको र अनधिकृत नभएको दावी गर्दै आएका छन् ।
सार्वजनिक जग्गा संरक्षणका लागि सरकारले चालेको यो कदमलाई प्राथमिकताका साथ अघि बढाएको हाे।










प्रतिक्रिया दिनुहोस्