Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


संघीय संसद अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै


299
Shares

काठमाडौं । संघीय संसद अन्तर्गतका दुई वटा संसदीय समितिको बैठक मंगलबार बस्ने भएकाे छ।

जस अन्तर्गत मंगलबार बिहान ११ बजे प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक बस्ने भएकाे हाे । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धमा राष्ट्रिय योजना आयोगबाट प्रस्तुतीकरण हुने भएकाे छ ।

त्यस्तै, राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि मंगलबारै बिहान ११ बजे बस्ने भएकाे छ। बैठकमा अभौतिक साँस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन सम्बन्धमा, समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएकाे हाे ।