Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत


871
Shares

काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुने भएका छन् ।

संसदीय दलको नेता सर्वसम्मतिमा टुंगो लगाउन पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यदल गठन गरेपछि अघि सारेकाे हाे ।
आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सहमति जुटिसकेको कार्यदलमा रहेका एक पदाधिकारीले जानकारी दिए ।

आङ्देम्बे समानुपातिकतर्फ सांसद हुन् । सर्वसम्मत रूपमा पाएमा संसदीय दलको नेता बन्न अर्जुननरसिंह केसीले पनि इच्छा राखेका थिए । केसी र आङ्देम्बे दुवै समानुपातिकतर्फबाट निर्वाचित र पूर्वसहमहामन्त्री हुन् ।