Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


कांग्रेसकाे संसदीय दलकाे नेता चयन गर्ने निर्वाचन स्थगित

सहमतिमा दलकाे नेता चयन गर्न उपसभापति शर्माको नेतृत्वमा ७ सदस्य समिति गठन

507
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि शुक्रबार हुने भनिएको निर्वाचन स्थगित भएको छ।

अब कहिले हुने भन्ने मिति नतोकिएको निर्वाचन समिति सदस्य मुना भुसालले बताउनुभएकाे हाे। दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको छ।

निर्वाचन समिति सदस्य भुसालले समितिमा पुष्पा भुसाल प्रदिप पौडेल गुरुराज घिमिरे निर्वाचन समितिका संयोजक प्रकाश सदस्य भुसाल र अर्का सदस्य राजु कटुवाल रहेकाे बताउनुभयाे ।