Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


एमालेलाई नयाँ जीवनमा दिन नेताहरु एकतावद्ध भएर अघि बढ्नुपर्दछ : शंकर पोखरेल


299
Shares

काठमाडाैं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ जीवन दिनका लागि पार्टीका नेताहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

बुधवार नेकपा स्थापना दिवसको अवसर पारेर पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टी नेताहरुलाई एकतावद्ध बनाएर मात्रै मुलुकको भविष्यलाई अघि बढाउन सकिने सच्याईलाई पार्टीका नेताहरुले आत्मासात गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

पार्टीका कार्यकर्ता र आम जनताले पनि नेताहरुले मिलेर मात्रै एमालेलाई नयाँ जीवन दिन सकिने र भविष्यमा आशा गर्न सकिने पार्टीको रुपमा अघि बढाउन सकिने निष्कर्ष सुनाएको महासचिव पोखरेलको भनाई थियो । उहाँले पार्टीभित्र देखिएको अराजकताको अन्त्य गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो,‘अराजकता पार्टी सुदृढिकरणको आधार होइन । अराजकता सबलताको आधार होइन । अनुशासनहीता हाम्रो समृद्धिको आधार होइन । हाम्रो सुरक्षित भविष्य होइन । यो सत्यलाई बुझेर हामीले हाम्रो पार्टी पंक्तिलाई अनुशासित बनाउनु पर्दछ ।

एकतावद्ध बनाउनु पर्दछ । भविष्यमुखि बनाउनु पर्दछ । र, भविष्यप्रति आशावादी बनाउनु पर्दछ । अहिले हामी जहाँ जाने पर्दछौ, कार्यकर्ताहरुले नेतृत्वबाट त्यही अपेक्षा गरेको छ । अहिले तपाईहरु एकतावद्ध हुनुहोस । पहिले तपाईहरु कार्यकर्तातिर फर्कनुहोस् । जनतातिर फर्कनुहोस् । हामी फर्कन तयार छौँ भनेका छन । त्यो सन्देश बोकेर हामी पार्टीलाई नयाँ जीवन प्रदान गर्नका लागि तयार छौँ । तयार हुनु पनि पर्दछ ।’ महासचिव पोखरेलले एमाले नेताहरुले जनतातिर फर्केर उनीहरुको हित हुने गरी पार्टी कामलाई अघि बढाउनुपर्ने बताउनुभयो ।