Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


अमेरिका र इरानबीच शान्ति सम्झौता भए पाकिस्तान भ्रमण गर्ने राष्ट्रपति ट्रम्पको याेजना


1.4k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच हप्तौंदेखि जारी द्वन्द्व अन्त्य गर्न शान्ति सम्झौता भएमा आफू पाकिस्तान भ्रमण गर्ने बारे विचार गर्ने बताउनुभएको छ ।

उहाँले यदि इस्लामावादमा सम्झौता हस्ताक्षर भयो भने आफू त्यहाँ जानसक्ने बताउनुभएकाे हाे । सायद सप्ताहन्तमा आफू जानसक्ने उहाँले बताउनुभयो । इरानसँग सम्झौता हुने सम्भावना निकै राम्रो देखिएको समेत बताउनुभएकाे छ । उहाँले इरानसँग भएको दुई हप्ताको युद्धविराम अर्को हप्ता समाप्त हुने र त्यसलाई लम्ब्याउन आवश्यक नपर्ने पनि बताउनुभयो । यसैबीच, राष्ट्रपति ट्रम्पले इरानको युरेनियम सम्वर्धन स्थगित गर्न अमेरिकाले राखेको भनिएको २० वर्षको समयसीमालाई खारेज गरिदिनुभएको छ ।

अमेरिकी राष्ट्रपतिले तेहरान हामीले बी–टु बमवर्षक विमानबाट गरेको आक्रमणका कारण जमिनमुनि रहेको आणविक धुलो फिर्ता दिन सहमत भएको दावी पनि गर्नुभयो । उहाँले इरानको सम्वर्धित युरेनियमलाई संकेत गर्दै सोही कुरा बताउनुभएको हो । यद्यपि वार्ता असफल भएमा फेरि बमबारी शुरु गर्ने धम्कीलाई राष्ट्रपति ट्रम्पले दोहोर्‍याउनुभयो ।