काठमाडाैं । विश्व प्रसिद्ध टाइम म्यागेजिनको एक सय प्रभावशाली व्यक्तिको सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह पनि समावेश हुनुभएको छ ।
बुधबार सार्वजनिक गरिएको सूचीमा प्रधानमन्त्री शाह पनि अटाउनुभएको हो । टाइम म्यागेजिनले युवा आन्दोलनको जगमा पुराना नेतृत्वलाई विस्थापित गर्दै युवा प्रधानमन्त्री बन्न सफल भएकाले उहाँलाई सूचीमा राखेको उल्लेख गरेको छ । काठमाडौं महानगरको मेयर हुँदै तीन करोड नेपालीको नेतृत्व गर्ने हैसियतमा उहाँ पुगेको टाइम म्यागेजिनले उल्लेख गरेको छ । पुराना र नयाँ सबै नेता चोर हुन् भन्दै सामाजिक सञ्जालमा बालेनले राखेको पोस्ट उल्लेख गर्दै टाइम म्यागेजिनले नेपाली जनता अहिले बालेनको उक्त स्टाटस गलत साबित गर्ने प्रतीक्षामा रहेको जनाएकाे हाे ।
टाइम म्यागेजिनले प्रत्येक वर्ष विभिन्न विधामा क्रियाशील व्यक्तिहरूबाट सय प्रभावशाली सूची सार्वजनिक गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्