Logo ३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026


भारतमा पावर प्लान्टको बोइलर विस्फोट हुँदा १० जनाको निधन, ४० घाइते


910
Shares

एजेन्सी । भारतको मध्य राज्य छत्तीसगढको एक पावर प्लान्टमा भएको बोइलर विस्फोटमा परी करिब १० जनाको मृत्यु भएको छ।

विस्फोटमा परी अन्य ४० जना घाइते भएकाे स्थानीय सञ्चारमाध्यमहरूले जनाएका हुन् । विस्फोट छत्तीसगढको राजधानी रायपुरबाट करिब २ सय २८ किलोमिटर उत्तरपूर्वमा रहेको शक्ति जिल्लाको सिन्घितराई गाउँमा रहेको वेदान्त पावर प्लान्टमा भएको हो । घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालमा लगिएको छ ।

स्थानीय सरकारी अधिकारीहरूलेकेही घाइतेहरूको अवस्था गम्भीर रहेकाे बताएका हुन् । कामदारहरू खाजा खाइरहेको समयमा पावर प्लान्टको बोइलर ट्युबमा विस्फोट भएको जनाइएकाे छ ।