Logo २ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026


अमेरिका र इरानबीचको युद्धविराममा पाकिस्तानले शान्ति प्रयास जारी राख्छः प्रधानमन्त्री शरीफ


338
Shares

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरानबीचको युद्धविराम यथावत रहेको बताउनुभएको छ।

उहाँले साेही क्षेत्रमा संवाद सहज बनाउन र स्थायी शान्ति प्रवद्र्धन गर्न पाकिस्तानले आफ्ना प्रयासहरू जारी राख्ने समेत उल्लेख गर्नुभएकाे हाे । संघीय मन्त्रिपरिषद्लाई टेलिभिजनमार्फत सम्बोधन गर्दै उहाँले आजका दिनमा पनि युद्धविराम कायम रहेको र बाँकी रहेका विवादित विषयहरू समाधानका लागि प्रयासहरू भइरहेका बताउनुभयो ।

प्रधानमन्त्री शरीफले गत हप्ता इस्लामावादमा सम्पन्न भएकाे वार्तालाई एक ऐतिहासिक क्षणका रूपमा चित्रण गर्दै यसले मडारिरहेको युद्धको बादललाई स्थायी शान्तिमा बदल्ने अवसर प्रदान गरेको बताउनुभयो । इस्लामावाद वार्ताको सन्दर्भमा बोल्दै उहाँले इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच २१ घण्टासम्म प्रत्यक्ष आमनेसामने वार्ता भएको जानकारी दिनुभयो।

प्रधानमन्त्री शरीफले यसलाई कुटनीतिक संलग्नताको दिशामा एक महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गर्नुभएकाे छ ।