Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


बाँदरको बन्ध्याकरणका लागि विज्ञ टोली दिक्तेलमा


351
Shares

सविना अछामे,खोटाङ ।

बाँदरको बन्ध्याकरणका लागि विज्ञ टोली दिक्तेल आइपुगेको छ । नेपाल सरकारको बाँदरको बन्ध्याकरण गर्ने पाइलटिङ कार्यक्रम अन्तरगत प्रारम्भिक चरणको अनुगमन र अध्ययनसम्वन्धी आवश्यक कार्य बढाउन ६ जनाको विज्ञ टोली आइतबार दिक्तेल आइपुगेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव विकाश श्रेष्ठको संयोजकत्वमा त्रिभूवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्रा.डा. लक्ष्मण खनाल, केन्द्रीय रिफरल पशु चिकित्सालयका वरिष्ठ पशुचिकित्सक डा. प्रवेश शर्मा लगायतको ६ जनाको टोली प्रारम्भिक चरणको स्थलगत अनुगमन र अध्ययनसम्वन्धी आवश्यक कार्य बढाउन दिक्तेल आएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ ।

भट्टराईका अनुसार सोमबारदेखि कार्ययोजना बनाएर काम सुरु हुने छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा २ वर्षसम्म बाँदर नियन्त्रणका लागि अध्ययन गरी बाँदर बन्ध्याकरण तथा अन्य विधि खोजिने टण्णेलीका संयोजक विकाश श्रेष्ठले बतानुभयो ।

बाँदर नियन्त्रण गर्ने बारे गत चैत ११ गते कृषि तथा पशुपन्छी मन्त्रालय, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र त्रिभूवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभाग बीच संझौता भएको थियो ।

बाँदर नियन्त्रण, बाँसजन्य वस्तुको प्रबद्र्धन लगायतका विभिनन १६ बुदे माग राख्दै नगरप्रमुख भट्टराई गत साउन ११ देखि १८ गतेसम्म माइती घर मण्डलामा बसेको सत्याग्रह र आमरण अनसन बसेका थिए । तत्कालीन वनमन्त्री ऐनबहादुर शाही र स्वास्थ्य मन्त्री प्रदीप पौडेलसंग १६ विभिन्न बुदे सहमतीपछि भट्टराईले अनसन तोडिएका थिए ।