एजेन्सी । पूर्वी-भारतीय राज्य बिहारमा बस र पिकअप भ्यान एक-ठोक्किँदा १० जनाको मृत्यु भएको छ।
साेही दुर्घटनामा परी अन्य २५ जना घाइते भएका प्रहरीले जनाएको हाे । यो दुर्घटना बिहारको राजधानी पटनाबाट करिब सय ७९ किलोमिटर पूर्व-कटिहार जिल्लाको गेराबारी नजिकै भएको प्रहरीले बताएकाे छ । प्रहरीले यस घटनाकाे बारेमा मुद्दा दर्ता गरी दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ ।
संघीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले हालै भारतमा वार्षिक रूपमा करिब ५ लाख सडक दुर्घटना र १ लाख ८० हजार मानिसकाे मृत्यु हुने गरेको बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्