एजेन्सी । दक्षिणी र पूर्वी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणको श्रृंखलामा १२ लेबनानी राज्य सुरक्षा सदस्यसहित १९ जनाको मृत्यु भएको छ ।
आक्रमणमा परी अन्य कैयौं घाइते भएका हुन् । आधिकारिक स्रोतहरूकाअनुसार लेबनानको नेशनल न्युज एजेन्सीले नबातियह शहरमा वर्तमान युद्ध शुरु भएदेखि यताकै सबैभन्दा तिब्र आक्रमण भएको रिपोर्ट गरेको छ । इजरायली युद्धविमानहरूले धेरै टोल र सडकहरूलाई निशाना बनाएर भारी बमबारी गर्दा व्यापक भौतिक क्षति पुगेको हाे । सरकारी भवन नजिकै भएको आक्रमणले भवनहरू ध्वस्त पारेको छ ।
मानवीय क्षति निम्त्याएको हाे। लेबनानी राष्ट्रपति कार्यालयले प्रारम्भिक गणनामा आक्रमणका क्रममा १२ सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि भएको जनाएकाे छ । उद्धार टोलीहरूले घाइतेहरूलाई अस्पताल पुर्याएकाे र भग्नावशेषमुनि खोजी कार्य जारी राखेकाे बताएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्