Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


कैलालीमा जिप र मोटरसाइकल एक-आपसमा ठोकिंदा एक जनाको मृत्यु


260
Shares

काठमाडाैं । कैलालीमा जिप र मोटरसाइकल एक-आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ।

कैलारी गाउँपालिका–१ स्थित हुलाकी राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ३७५३ नम्बरको बोलेरो पिकअप जिप र विपरीत दिशा तर्फ आउँदै गरेको बा २६ प ३०२७ नम्बरको मोटरसाइकल एक-आपसमा ठोकिएर दुर्घटना भएकाे हाे । साेही दुर्घटनामा परी मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१९ फूलबारी बस्ने २२ वर्षीय राम मिलन चौधरीको मृत्यु भएको प्रहरीले बताएकाे छ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा उनको उपचारको क्रममा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हाे। जिप र जिप चालक भजनी नगरपालिका–५ बस्ने २३ वर्षीय राजु डगौरालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।