Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


देशका-३ प्रदेशमा आज दिउँसाेदेखि हल्का वर्षा र हिमपात हुने


6k
Shares

काठमाडाैं । हाल नेपालमा कमजोर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

आइतबार बिहान कोशी प्रदेशको पहाडी-हिमाली भू-भाग आंशिक बादल लागेको हाे । साथै तराईका भू-भागमा भने मौसम मूख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

त्यस्तै, आइतबार दिउँसो भने कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । साथै बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी-हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको हाे। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

त्यस्तै, आइतबार राति भने देशका हिमाली-पहाडी भू-भागमा आंशिक बादल रतराईमा मौसम मूख्यतया सफा रहने भएकाे हाे । कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।