Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


वार्ताका लागि इरानी टोली इस्लामावाद पुग्यो


1.1k
Shares

काठमाडाैं । संसदका सभामुख मोहम्मद बाकर कालीबाफको नेतृत्वमा एक उच्चस्तरीय इरानी प्रतिनिधिमण्डल संयुक्त राज्य अमेरिकासँग हुने आगामी वार्तामा सहभागी हुन शनिवार इस्लामावाद आइपुगेको पाकिस्तानको परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

यस टोलीमा इरानी विदेशमन्त्री सैयद अब्बास अराघची पनि सहभागी छन् ।विज्ञप्ति अनुसार इरानी प्रतिनिधिमण्डललाई आगमनको समयमा पाकिस्तानी उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दारका साथै राष्ट्रिय सभाका सभामुख सरदार अयाज सादिक, रक्षा बलका प्रमुख तथा थलसेना अध्यक्ष फिल्ड मार्शल सैयद असिम मुनिर र गृहमन्त्री सैयद मोहसिन रजा नक्वीले स्वागत गरेका थिए ।

इशाक दारले पक्षहरू रचनात्मक रूपमा संलग्न हुने आशा व्यक्त गरे र द्वन्द्वको स्थायी र दिगो समाधानका लागि प्रयासहरूलाई सहज बनाउन जारी राख्ने पाकिस्तानको इच्छा दोहो¥याए ।