Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


पश्चिम एशियाका विमानस्थलमा कोही पनि नेपाली नागरिक अलपत्र अवस्थामा छैनन्: प्रवक्ता पौडेल

स्वदेश फर्कन चाहने नेपालीको हवाई उडानको समस्या समाधान गर्न सरकारकाे विशेष पहल

195
Shares

काठमाडाैं । सरकारले पश्चिम एशियाका विभिन्न देशका विमानस्थलहरुमा कुनैपनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेको प्रष्टयाएको छ ।

सिंहदरबारमा शुक्रबार पत्रकार सम्मेलन गरी परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सो कुरा प्रष्ट्याउनुभएको हो । उहाँले सोही क्षेत्रका तनावका कारण स्वदेश फर्कन चाहने नेपालीहरुका लागि सरकारले हवाई उडानको पनि आवश्यक व्यवस्था मिलाएको बताउनुभयो । परराष्ट्र मन्त्रालयले सोही क्षेत्रबाट स्वदेश फर्कन चाहनेहरु कहीँ कतै पनि अप्ठयारोमा नरहेकाे जनाएकाे छ। नेपाल आउन चाहने कुनैपनि नेपालीलाई नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स लगायतबाट स्वदेश फर्काउने काम भईरहेकाले त्यस्ता खालका कुनै समस्या भएपनि त्यो छिट्टै समाधान हुने मन्त्रालयको दावी थियाे ।

मन्त्रालयले स्वदेश फर्कन चाहने नेपालीहरुको हवाई उडानको समस्या समाधान गर्न सरकारले विशेष पहल गरिरहेको छ।