Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


सार्वजनिक बिदामा पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न अस्पताललाई सरकारकाे निर्देशन (विज्ञप्तिसहित)


416
Shares

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक बिदाको दिन पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ ।

जसका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको मन्त्रालयले जनाएको हाे। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दुई दिने बिदाका कारण सेवा प्रवाहमा असर परेको भन्दै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई विशेष व्यवस्था गर्न आग्रह गरेकाे छ । मन्त्रालयले आइतबार सार्वजनिक बिदाको दिन पनि कामको भार र जनशक्तिको आधारमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएकाे हाे । साथै, कर्मचारीहरूलाई अन्य दिन बिदा मिलाएर दिने व्यवस्था गर्न भनिएको छ । यदि यस्तो व्यवस्था सम्भव नभएमा सट्टा बिदा उपलब्ध गराउन पनि मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ।

त्यस्तै, प्रादेशिक अस्पतालहरूमा पनि त्यही अनुसार जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई अनुरोध गरिएको मन्त्रालयले जनाएको हाे । मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य सेवा प्रभावकारी र निरन्तर रूपमा सञ्चालन हुने विश्वास लिएको छ ।