काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
शुक्रबार बिहान देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको हो । साथै तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।
त्यस्तै, शुक्रबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएको छ। कोशी प्रदेशको पहाडी तथा तराई र बाँकी भू-भागमा आंशिक बादल लाग्ने भएको हो । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।
त्यस्तै, शुक्रबार राति भने कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएको हो । साथै बाँकी पहाडी, हिमाली र तराई भू-भागमा मौसम मूख्यतया सफा रहने भएको छ ।
कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागको केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो ।








प्रतिक्रिया दिनुहोस्