Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


देशका सातै प्रदेशमा आज पनि भारी वर्षा र हिमपात हुँदै


1.7k
Shares

काठमाडाैं । माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जनाएकाे छ ।

बिहीबार बिहान देशभरी साधारणतया बादल लागेको हाे । बागमती, गण्डकी, लुम्बिनी, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

त्यस्तै, बिहीबार दिउँसो भने कोशी प्रदेश लगायत देशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्नेछ। कोशी र मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यम वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, बिहीबार राति भने कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे छ । साथै बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहने भएकाे हाे। कोशी-गण्डकी र बाँकी हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।