काठमाडाैं । नेपालमा बिहीबार विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ ।
देशमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा हरेक वर्ष चैत २६ गते जनआन्दोलन दिवस मनाउने गरिएको हाे । २०४६ साल चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्था अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो । २०१७ साल पुस १ गते राजा महेन्द्रले शुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य २०४६ साल चैत २६ गते भएको थियो । नेपाली कांग्रेसको नेतृत्वमा वाममोर्चासहितको संयुक्त जनआन्दोलनपछि ३० बर्से पञ्चायती शाषन ढलेको थियो ।
सोही दिनदेखि नेपालमा बहुदलीय शासन व्यवस्था पुनःस्थापना भएको हो । कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो । २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी २०४६ साल फागुन ७ गतेदेखि जनआन्दोलन सुरु गरिएको थियो । तात्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै २६ गते बहुदलीय व्यवस्था पुनःस्थापनाको घोषणा गर्नुभएको थियो ।
त्यसयता माओवादी विद्रोह, २०६२/६३ को दोस्रो जनआन्दोलन, मेधश आन्दोलन,गत भदौं २३-२४ गतेको जेनजी विद्रोहपछि देशको राजनीतिक-शासकीय संरचनामा ब्यापक फेरबदल र सुधार गरिसकेको छ ।








प्रतिक्रिया दिनुहोस्