Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


ज्ञान मसलाको ब्रान्ड एम्बेसडरमा अभिनेत्री खड्का नियुक्त


364
Shares

काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना केएल दुगर ग्रुप अन्तर्गतको ‘ज्ञान मसला’ ले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

कम्पनीले काठमाडाैंमा एक कार्यक्रमकाे आयाेजना गरी अभिनेत्री खड्कालाई ब्रान्डको नयाँ अनुहारको रूपमा सार्वजनिक गरेको हो । साेही साझेदारीमार्फत कम्पनीले आफ्नो ब्रान्ड पहिचानलाई थप ऊर्जावान् बनाउने र विशेषगरी नयाँ पुस्ताका उपभोक्ताहरूसँग बलियो सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको छ । सन् १९८९ मा स्थापना भएको केएल दुगर ग्रुपले तीन दशक भन्दा बढी समयदेखि नेपाली बजारमा गुणस्तर र विश्वास आर्जन गर्दै आएको छ । कम्पनीले ज्ञान ब्रान्डले नेपाली भान्सामा शुद्धता र स्वादको नयाँ मानक स्थापित गरेको जनाएकाे हाे ।

ज्ञान मसलासँग जोडिन पाउँदा अभिनेत्री खड्काले पनि खुशी व्यक्त गरेकी छन् । उनले लामो समयदेखि आफ्नो घरमा समेत प्रयोग हुँदै आएको ब्रान्डको शुद्धता र गुणस्तरलाई अझ बढी उपभोक्तामाझ पुर्याउन आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएकी हुन् । उपभोक्ताको बदलिंदो स्वाद र आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले हाल १४ विभिन्न प्रकारका मसलाहरू बजारमा उपलब्ध गराएको छ ।

कम्पनीले बजारको माग अनुसार गुणस्तर र सान्दर्भिकता कायम राख्दै नयाँ उत्पादनहरू पनि थप्दै जाने तयारी गरेकाे जनाएकाे हाे ।