Logo ९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026


फाप्ला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने: खेलकुदमन्त्री पोखरेल


689
Shares

काठमाडाैं । शिक्षा विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीकाे धनगढीमा रहेको ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम’लाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने बताउनुभएकाे छ।

मन्त्री पोखरेलले फाप्ला क्रिकेट रङ्गशालामा मंगलबार स्थलगत निरीक्षणका क्रममा आयोजनाको प्रगति मूल्यांकन गर्दै सरकार यसलाई विशेष प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने बताउनुभएकाे हाे । आयोजनाका लागि आवश्यक जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्यांकन जस्ता महत्त्वपूर्ण प्राविधिक प्रक्रिया पूरा भइसकेको छ । फाप्ला पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले लामो समयको तयारीपछि आयोजना निर्माण चरणमा प्रवेश गरेको जानकारी दिँदै मन्त्रीस्तरीय चासोले काममा थप ऊर्जा मिलेको बताउनुभयो ।

निरीक्षण टोलीमा कैलाली-५ बाट प्रतिनिधिसभा सदस्य आनन्दबहादुर चन्द, कैलाली-३ का केपी खनाल लगायतको सहभागी रहेको थियो ।