काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
बुधबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा पुर्णतया बादल र बाँकी भू-भागमा भने साधारणतया बादल लागेको हाे । बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ।
त्यस्तै, बुधबार दिउँसो भने गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा पुर्णतया बादल र बाँकी भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे। गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी र बागमती प्रदेशको पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा भारी वर्षा हुने भएकाे छ। साथै मधेश, कोशी र बागमती प्रदेशको तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्ग, हावाहुरी-असिनासहित मध्यम वर्षा-हिमपातको सम्भावना रहेको हाे। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागको केही स्थानमा भारी वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
त्यस्तै, बुधबार राति भने देशभरी साधारणतया बादल लाग्नेछ। कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी तथा हिमाली भू-भागको केही स्थानहरुमा पनि भारी वर्षा हुने भएकाे हाे । साथै बाँकी तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यम वर्षा-हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।








प्रतिक्रिया दिनुहोस्