Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


प्रधानमन्त्री शाहद्वारा आकस्मिक मन्त्रिपरिषद बैठक आह्वान


6.3k
Shares

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक मन्त्रिपरिषद बैठक आह्वान गर्नुभएकाे छ।

प्रधानमन्त्री शाहको सचिवालयले मन्त्रिपरिषद बैठक मंगलबार दिउँसो १ बजेका लागि तय भएको जनाएकाे हाे। नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर लगायत विषयमा मन्त्रिपरिषदले निर्णय लिने तयारी रहेको बताइएको छ। प्राय: जसाे मन्त्रिपरिषद बैठक सोमबार र शुक्रबार बस्छ।

अन्य दिन बैठक आह्वान भएमा आकस्मिक मन्त्रिपरिषद बैठक भन्ने चलन रहेकाे हाे।