Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र पर्यटनसहित ३ विधेयक पेश गरि‌दै

442
Shares

काठमाडाैं । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्ने भएकाे छ ।

सिंहदरबारमा निर्माणाधिन संघीय संसद भवनको नयाँ हलमा मंगलबार दिउँसो एक बजे बैठक बस्ने भएकाे हाे । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेकाे संसद सचिवालयले जनाएकाे छ । त्यसैगरी पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि रहेको सचिवालयले जानकारी दिएकाे हाे ।

राष्ट्रिय सभाको बैठक भने बुधबार दिउँसो सवा एक बजे बस्ने पनि सचिवालयले जनाएकाे छ ।