Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


देशका-६ प्रदेशमा आज मेघगर्जन-चट्यांगसहितको भारी वर्ष र हिमपात हुँदै


2.7k
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ।

सोमबार बिहान सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको हो । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। गण्डकी, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, बागमती र कोशी प्रदेशको पहाडी भू-भागको केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

त्यस्तै, सोमबार दिउँसो भने देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

त्यस्तै, सोमबार राति भने देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र पहाडी भू-भागमा आंशिक बादल लाग्ने भएको छ । साथै तराई भू-भागमा मौसम मुख्यतया सफा रहने भएको हो। कोशी, गण्डकी, कर्णाली बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।