Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


राष्ट्रिय सभामा महिला आयोगको वार्षिक प्रतिवेदन पेश


143
Shares

काठमाडाैं ।

राष्ट्रिय महिला आयोगको आव २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश भएको छ ।

राष्ट्रिय सभाको आईतवार बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्रै साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो प्रतिवेदन पेश गर्नुभएको हो ।

संवैधानिक व्यवस्था अनुसार सो आयोगको प्रतिवेदन संघीय संसदमा पेश गर्नुपर्ने हुन्छ । राष्ट्रिय सभाको अर्को बैठक चैत्र २३ गते दिउँसो १२ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ ।