Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


डुम्रे-बेंसीसहर सडक भाेलिदेखि दैनिक ८ घण्टा बन्द हुने


377
Shares

काठमाडाैं । डुम्रे–बेँसीसहर सडक अन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी–तुरतुरे खण्ड शनिबारदेखि दैनिक ८ घण्टा बन्द हुने भएको छ ।

भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति शनिबार चैत २१ देखि ३० गतेसम्म दैनिक ८ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय तनहुँले मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म र साँझ ५ देखि राति ९ बजेसम्म सडक बन्द हुने जनाएकाे छ ।

कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न सबैलाई आग्रह समेत गरेको हाे ।