काठमाडाैं । पश्चिम एशियामा जारी द्धन्द्ध र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार तथा सहज आवागमनका लागि शुक्रबारदेखि विशेष उडान सञ्चालन गरेको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस ब्रिफिङको आयोजना गरी यस्तो जानकारी गराएको हो । मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पश्चिम एशियामा सहज आवागमन र स्वदेश फर्कन चाहने नागरिकका लागि तीन दिन विशेष उडान सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार काठमाडौं–दुबई, शनिबार दुबई–काठमाडौं, आइतबार काठमाडौं–दमाम, आईतवार दमाम–काठमाडौं उडान हुनेछन् । उहाँले प्रिबुक भएका तथा नेपाल फर्कन चाहने नागरिकहरुलाई फिर्ता ल्याउने जानकारी दिनुभयो ।
त्यस्तै, नियोगको सिफारिसमा पाँच जनासम्मलाई नियमित भाडादरमा टिकट उपलब्ध गराउन अनुरोध गरिएको समेत प्रवक्ता क्षेत्रीको भनाइ छ । यसअघि १ अप्रिलमा कुवेत एयरवेजमार्फत २ सय ९१ जना नेपाली र विभिन्न कारणले मृत्यु भएका ९ जना नेपालीको शव भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको समेत उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया दिनुहोस्