काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले सरकार जनताको चाहना अनुसार अघि बढ्ने बताउनुभएको छ ।
संघीय संसद सचिवालय परिसरमा शुक्रबार सञ्चारकर्मीहरुले राखेकाे जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सरकार र पार्टी दुवै जनताको चाहनाअनुसार अघि बढ्ने टिप्पणी गर्नुभएको हो । सांसद सिंहले सरकारले कुनैपनि खालको भ्रष्टाचार र कुशासन स्वीकार नगर्ने समेत बताउनुभयो । जनताले विश्वास गरेर मत दिएकाले त्यसको सदुपयोग हुनेगरी सरकार अघि बढ्ने सांसद सिंहको भनाइ छ । उहाँले सरकारले जनतामा परिवर्तनको अनुभूति हुनेगरी काम गर्ने भन्दै सञ्चारकर्मीहरुलाई ३ महिनासम्म त्यसको सुक्ष्म ढंगले निगरानी गर्न पनि आग्रह गर्नुभयो ।
सांसद सिंहले सरकारले कामलाई प्रभावकारी बनाउने गरी पार्टीले अघि बढने पनि बताउनु भयो ।








प्रतिक्रिया दिनुहोस्