काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसदहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको तत्काल रिहाइको माग गरेका छन् ।
बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि बोल्ने समय पाएका सांसद गुरु बरालले दुवै नेतालाई गैरकानुनी रूपमा हिरासतमा राखिएको आरोप लगाए ।
बरालले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको र केही सांसदसमेत घाइते भएको उल्लेख गर्दै पक्राउको घटनालाई निन्दनीय भन्दै तत्काल रिहाइ र घाइतेहरूको उपचारको माग गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्