Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


घट्याे आज सुनचाँदीको मूल्य


1.9k
Shares

काठमडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेकाे छ।

बुधबार प्रतितोला सात हजार चार सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला तीन हजार ६ सय रूपैयाँले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला दुई लाख ९४ हजार रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ।बुधबारर सुन प्रतितोला दुई लाख ९७ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी बुधबार प्रतितोला चार हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी बिहीबार प्रतितोला चार हजार आठ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य बुधबारको तुलनामा प्रतितोला ७५ रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस चार हजार ६ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।