Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


इरानविरूद्धको सैन्य कारबाही सफलता नजिक पुगेको राष्ट्रपति ट्रम्पको दावी

इरानबाट अमेरिकी सेना फिर्ता हुनसक्ने संकेत

1.2k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाही सफलता नजिक पुगेको दावी गर्नुभएको छ ।

ह्वाइट हाउसबाट बिहीबार राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै उहाँले अमेरिकी सैन्य उद्देश्यहरू छिट्टै सफल हुने दावी गर्नुभएकाे हाे। सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले एक महिनाअघि शुरु भएको युद्धले इरानको सैन्य संरचना र सामर्थ्य तहसनहस भएको जिकिर गर्नुभयो । इरानी नौसेना समाप्त भएको, वायुसेना भग्नावशेषमा परिणत भएको तथा इरानका अधिकांश शीर्ष नेताहरू मारिएको उहाँको दावी छ ।

राष्ट्रपति ट्रम्पले इरानको मिसाइल र ड्रोन प्रहार गर्ने क्षमता अहिले व्यापक रूपमा कटौती भएको समेत बताउनुभयाे । इरान आणविक हतियार निर्माणको संघारमा पुगेको उल्लेख गर्दै उहाँले पूर्वराष्ट्रपति बराक ओबामाको पालामा गरिएको आणविक सम्झौतालाई ठूलो गल्तीको संज्ञा दिनुभएकाे छ ।

क्षेत्रीय सुरक्षाका विषयमा बोल्दै ट्रम्पले इजरायल र खाडी मुलुकहरूलाई अमेरिकाले कहिल्यै असफल हुन नदिने आश्वासन दिनुभयो । सहयोगी राष्ट्रहरूलाई हर्मुज जलसन्धिको सुरक्षाका लागि आफैं अघि बढ्न र साहस जुटाउन पनि राष्ट्रपति ट्रम्पले आग्रह समेत गर्नुभएकाे छ ।

राष्ट्रपति ट्रम्पले इरानबाट अमेरिकी सेना फिर्ता हुनसक्ने संकेत समेत गर्नुभयो ।