Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सकाे लखनउमाथि शानदनर जित

लखनउ सुपर जायन्टस भने ६ विकेटले पराजित

416
Shares

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्टसलाई पराजित गरेकाे छ।

भारतकाे लखनउमा बुधबार राति भएको खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेकाे हाे । लखनउले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो । दिल्लीका समीर रिजवीले अविजित ७० रन बनाएका थिए । लखनउका प्रिन्स यादवले २ विकेट लिएका हुन् । यसअघि लखनउमा टस हारेर ब्याटिङ गरेको घरेलु टोली १८ ओभर ४ बलमा १ सय ४१ रनमा अलआउट भयो । लखनउका अब्दुल समदले ३५ रन बनाएका थिए । दिल्लीका लुंगी न्गिडी र थांगारासु नटराजनले समान ३ विकेट लिएका हुन् ।

आईपीएल क्रिकेटमा बिहीबार कोलकता नाईट राइडर्स र सनराईज हैदरावादबीच प्रतिस्पर्धा हुने भएकाे छ। साेही खेल नेपाली समय अनुसार बिहीबार राति पौने ८ बजेदेखि कोलकतामा हुने भएकाे हाे ।