Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


बागलुङकाे कालिका मन्दिरमा चैतेदशैंमा ३७ लाख बढी भेटी संकलन


117
Shares

काठमाडाैं । चैतेदशैंको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा ३७ लाख भेटी संकलन भएको छ ।

नवरात्रको अवधिभर ३७ लाख २५ हजार ५ सय ५५ रकम संकलन भएको हाे । गतवर्षको तुलनामा यस वर्षको भेटी पाँच लाख रुपैयाँले कमी आएको हो । गतवर्षको चैतेदशैंमा ४२ लाख भेटी संकलन भएको थियो । गण्डकी प्रदेशको प्रमुख सक्तिपिठ मध्येको एक ऐतिहासिक बागलुङ कालिका मन्दिरमा चैतेदशैंको अवसरमा यसवर्ष आएका सात लाख भन्दा बढी दर्शनार्थीहरूले उक्त रकम भेटी स्वरुप चढाएको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयाे । उहाँका अनुसार नवरात्रको पहिलो दिन चैत ५ गते एक लाख १७ हजार, चैत ६ गते एक लाख ५३ हजार, चैत ७ गते चार लाख ३८ हजार, चैत ८ गते एक लाख ७० हजार, चैत ९ गते एक लाख ७१ हजार र चैत १० गते चार लाख ९२ हजार संकलन भएको थियो ।

त्यस्तै चैत ११ गते तीन लाख, चैतेदसैँको मुख्य दिन चैत १२ गते १० लाख ४४ हजार संकलन भएको अध्यक्ष खड्काले बताउनुभयाे। नवमीको दिन चार लाख ८० हजार र दशमीको दिन तीन लाख ५५ हजार ७ सय ३५ संकलन भएको छ । बागलुङ कालिका मन्दिरमा वडा दशैं र चैतेदशैं अनि शनिबार तथा मंगलबार विशेष पूजा हुन्छ । मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट कमाइ हुने गरेको छ । मन्दिरमा परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुरबाट आम्दानी जोडिने गरिएको अध्यक्ष खड्काले बताउनुभयाे ।