काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिकामा पहिलो पटक बुढीगंगा गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रतियोगिता यहि चैत २१ गतेदेखि २७ गतेसम्म गाउँपालिका–२ स्थित अमाही खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको हाे । साेही गाउँपालिकाको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा नेपाल र भारतसहित ८ वटा टाेलीको सहभागिता रहने भएकाे छ । प्रतियोगितामार्फत युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्दै अनुशासित बनाउने र बुढीगंगालाई फुटबलको उर्वर भूमि बनाउने उद्देश्य राखिएको गाउँपालिका अध्यक्ष जित नारायण थापामगरले जानकारी दिनुभयाे ।
बुढीगंगामा आयोजित पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दे अध्यक्ष मगरले गोल्ड कपलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने योजना रहेको उल्लेख गर्नुभएकाे छ । प्रतियोगिता सञ्चालनका लागि करिब ३९ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएकाे हाे । उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने आयाेजकले जनाएकाे छ।








प्रतिक्रिया दिनुहोस्