Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


वरिष्ठतम् न्यायाधीश सपना मल्ल आजदेखि कायममुकायम प्रधानन्याधिशको जिम्मेवारीमा

संवैधानिक परिषदकाे पूर्णता पछि मात्रै नयाँ प्रधानन्यायाधिशको नियुक्ति हुने

936
Shares

काठमाडाैं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले बुधबारदेखि कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुहुने भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश भएसँगै वरिष्ठतम् न्यायाधीश मल्लले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुहुने भएकाे हो । नेपालको संविधानको धारा १२९(९) मा प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्चको वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने उल्लेख छ । न्यायपरिषदले प्रधान न्यायाधिशका लागि गत महिना मल्लसहित ६ जना न्यायाधीशको सूची संवैधानिक परिषदमा पठाएको थियो ।

मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सूचीमा समावेश छ । संसदीय सुनुवाइ विशेष समितिमा संसदीय सुनुवाइबाट अनुमोदन भएपछि मात्रै प्रस्तावित प्रधानन्यायाधीशले राष्ट्रपतिबाट नियुक्ति पाउँछन् । तर प्रतिनिधिसभा विघटन भएसँगै संवैधानिक परिषद् निष्कृय छ ।

अब प्रतिनिधिसभाले सभामुख, उपसभामुख चयन गरेर प्रमुख विपक्षी दलको नेता टुंगो लागेपछि मात्रै संवैधानिक परिषद्ले पूर्णता पाउने भएकाे हाे ।