काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य ह्वात्तै बढाएको छ ।
निगमले मंगलबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत राखेर हवाई इन्धनको मूल्य बढाइएको जनाएको हाे । निगमले मंगलबार राति एक सूचना जारी गर्दै हवाई इन्धन (आन्तरिकतर्फ) हाल १ सय २७ रुपैयाँ प्रतिलिटर रहेकोमा बढाएर प्रतिलिटर २ सय ५१ रुपैयाँ कायम गरिएकाे बताएकाे छ।
त्यस्तै, अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा प्रतिकिलोलिटर ९ सय ६६ डलर रहेकोमा १ हजार ७ ुय ८५ डलर, पोखरामा ८ सय १ डलर रहेकोमा १ हजार ७ सय ३२ डलर र भैरहवामा ७ सय ८९ डलर रहेकोमा १ हजार ७ सय १६ डलर कायम गरिएको निगमले जनाउकाे हाे।









प्रतिक्रिया दिनुहोस्