Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पनि पक्राउ


0
Shares

काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ परेका छन् ।

रिजाललाई सुविधानगरमा रहेको निवासबाटै मंगलबार बिहानै पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलले जनाएको हो । गत भदौ २३ र २४ गते नवयुवा आन्दोलन हुँदा काठमाडौंका प्रमुख जिल्ला अधिकारी रहेका रिजाललाई जाँचबुझ आयोगको सिफारिस अनुसार अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको हो ।

रिजालमाथि आन्दोलनमा दमन गरेको आरोप लागेको छ । यसअघि प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।