काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
मंगलबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बादल लागेको हो । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।
त्यस्तै, मंगलबार दिउँसो भने कोशी र मधेश प्रदेश लगायत देशका पहाडी-हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। साथै तराई भू-भागमा आंशिक बादल लाग्ने भएको हो। कोशी प्रदेश लगायत देशका पहाडी-हिमाली र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्ग्रहावाहुरी-असिनासहित मध्यम वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, मंगलबार राति भने कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएको हो । पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो।








प्रतिक्रिया दिनुहोस्