Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


मन्त्रिपरिषदको दोस्रो बैठक आज सिंहदरबारमा बस्दै


884
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ ।

सोमबार अपराह्न ४ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाइएको सरकार प्रवक्ता एवम् शिक्षामन्त्री सम्मित पोखरेलले जानकारी दिनुभएको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने भएको छ। सोमबार बस्ने बैठक नवगठित मन्त्रिपरिषदको दोस्रो बैठक हो। यसअघि गत शुक्रबार सरकार गठन लगत्तै मन्त्रिपरिपद बैठक बसेको थियो। उक्त बैठकले कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

शुक्रबारकै मन्त्रिपरिषद बैठकले शासकीय सुधारसम्बन्धी एक सय वटा कार्यसूची स्वीकृत गरेको थियो। सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको छ।