Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सको विजयी शुरुवात, कोलकता ६ विकेटले पराजित

आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्सको सामना गर्दै

325
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले विजयी शुरुवात गरेको छ ।

भारतको घरेलु मैदान वानखेडेमा आइतबार राति भएको खेलमा मुम्बईले कोलकता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो ।
कोलकताले दिएको २ सय २१ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर भेटाएको थियो । मुम्बईका रायन रिकेल्टनले ८१ र रोहित शर्माले ७८ रन बनाएका छन्।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २० रन बनाएको थियो । उसका अजिंक्य रहाणेले सर्वाधिक ६७ र अंगकृष रघुवंशीले ५१ रन बनाएका हुन् । मुम्बईका शार्दुल ठाकुरले ३ विकेट लिएका छन् ।

गत शनिबारदेखि शुरु भएको आईपीएल क्रिकेटको पहिलो खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले हैदरावादलाई पराजित गर्दै विजयी शुरुवात गरेको थियो । आईपीएल क्रिकेटमा सोमबार राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्सको सामना गर्ने भएको छ । सोही खेल नेपाली समय अनुसार सोमबार राति पौने ८ बजेदेखि गुहवाटीमा हुने भएको हो ।