Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


एमालेका सचिव महेशलाई पक्राउ गर्न माग गर्दै शोभा सरकारी वकिल कार्यालयमा


2.2k
Shares

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक सरकारी वकिलको कार्यालयमा पुगेकी छन् ।

पाठक आइतबार काठमाडौं प्रहरी परिसरबाट सरकारी वकिल कार्यालय पुगेकी हुन् । उनले परिसरमा बस्नेतलाई पक्राउ गर्न माग गर्दै निवेदन दिएकी छन् ।

पाठकले विगत ११ वर्षदेखि आफूलाई बस्नेतले यौन शोषण तथा दुर्व्यवहार गरेको बताउँदै उनलाई पक्राउ गर्न माग गर्दै आएकी छन् ।