Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


प्रधानमन्त्री कप एनभीए महिला तथा पुरूष भलिबल लिग वैशाखमा हुने


195
Shares

काठमाडाैं । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा दशौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग आगामी वैशाखको दोश्रो हप्ता हुने भएको छ ।

संघले शनिबार पत्रकार सम्मेलन गर्दै वैशाख १० गतेदेखि १९ गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने जानकारी गराएको हो । प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ गरी जम्मा १४ टोलीको सहभागिता रहनेछ । पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी, नेपाल प्रहरी, एपीएफ, लुम्बिनीको खिल्जी युवा क्लब, पश्चिम रुकुम, कोशी प्रदेश र बुढानिलकण्ठ क्लब सहभागी हुनेछन् । महिलातर्फ न्यू डायमण्ड, नेपाल प्रहरी, एपीएफ, सुदूरपश्चिम, एभरेष्ट क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्ने भएका हुन्।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ समान पुरस्कार राखिएको छ । विजेताले १० लाख, उपविजेताले ५ लाख र तेस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ पाउने प्राप्त गर्ने भएका हुन् । साेही भलिबल खेलकै इतिहासमा अहिलेसम्मकै सबै भन्दा ठूलो नगद पुरस्कार हो । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ६० हजार तथा उत्कृष्ट सर्भर, ब्लकर, लिवेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । साथै, प्रत्येक टोलीले बढीमा ३ जना विदेशी खेलाडी सहभागी गराउन पाउने व्यवस्था गरेको नेपाल भलिबलले जनाएको हाे।