Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


बागमतीसहित देशका ४ प्रदेशका अधिकांश भू-भागमा भारी वर्षा हुँदै


2.4k
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ।

आइतबार बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी-हिमली भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी भू-भागमा भने आंशिक बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

त्यस्तै, आइतबार दिउँसो भने देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे। तराई भू-भागमा आंशिक बादल लाग्नेछ। बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी-हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।

त्यस्तै, आइतबार राति भने कोशी, बागमती, गण्डकी, कर्णाली र बाँकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे हाे।

कोशी, गण्डकी, कर्णाली र बागमती प्रदेशका पहाडी-हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।